एसी मिलान ११ वर्षपछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

- फाल्गुन २५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इटालियन क्लब एसी मिलान ११ वर्षपछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ इंग्लिस प्रतिद्धन्द्धी टोटेनहम हटस्परसँग दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा १–० को जितसँगै मिलान सन् २०११–१२ को सिजनपछि क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।


मिलानले पहिलो लेगमा १–० को जित निकालेको थियो । त्यही जित नै मिलानलाई अन्तिम आठमा पुग्न पर्याप्त रह्यो । टोटेनहम हटस्पर स्टेडियममा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवरि सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकियो ।
७७औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिन पुगेको थियो । क्रिस्टियन रोमेरो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहमको खेलमा फर्कने सम्भावना टाढिएको थियो ।

सन् २०११–१२ को सिजनमा मिलान क्वाटरफाइनलमा क्याटलान क्लब बार्सिलोनासँग समग्रमा ३–१ ले पराजित हुँदै बाहिरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर