पिएसजी लाई हराउँदै बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
- फाल्गुन २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जर्मन क्लब बायर्न म्युनिखसँग दुवै लेगमा पराजित हुँदै पिएसजी अन्तिम १६ बाटै बाहिरिएको हो । बुधबार राति भएको दोस्रो लेगमा पिएसजीले घरेलु टोली बायर्नलाई २–० ले नतिजा सुम्पिदा समग्रमा ३–० ले पराजित हुँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।
बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा भएको दोस्रो लेगमा घरेलु टोलीको जितमा एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि पिएसजीले गोल खान पुगेको थियो । ६१औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । उनले लियोन गोरेट्जकाको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि ८९औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नको २–० को जित पक्का गर्दै टोलीलाई क्वाटरफाइनलको यात्रा तय गराए । उनले जोआओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए ।
च्याम्पियन्स लिग जित्ने महत्वकाङ्क्षी योजना अनुसार स्टार खेलाडीलाई भित्र्याएको पिएसजी पछिल्लो सातमध्ये ५ पटक प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments