विश्वकप लिग -२
नेपालले तेस्रो विकेट गुमायो- ११ रन बनाएर ज्ञानेन्द्र आउट
- फाल्गुन २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका छन् । पीएनजीका रिले हेकुरेले तेस्रो विकेटसमेत लिएका छन् । २५औं ओभरको अन्तिम बलमा हेकुरेले मल्ललाई असद भालाको हातबाट आउट गराएका हुन् । ज्ञानेन्द्रले १४ बलमा १ चौका प्रहार गरे ।
नयाँ ब्याटरका रुपमा कप्तान रोहितकुमार पौडेल क्रिजमा पुगेका छन् । २५ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर १४० रन बनाएको छ । ओपनर आसिफ शेख ७७ रन बनाएर खेलिरहेका छन् ।
नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । हेकुरेकै बलमा आउट हुनुअघि कुशलले ५६ बलमा ४५ रन बनाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा आएका कुशल मल्ललाई पनि हेकुरेले नै २ रनको स्कोरमा आउट गरेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments