दुर्घटनाबाट जोगीयो
७८ जना यात्रु सवार श्री एयरलाइन्सकोे इन्जिनमा समस्या देखीएपछि सुरक्षित अवतरण गराइयो
- फाल्गुन २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानको एउटा इन्जिनमा समस्या आएपछि काठमाडौं फर्काइएको छ । विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार इन्जिन अफ गराएर विमानलाई काठमाडौंमा अवतरण गराइएको हो ।
त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा विमान फेरि काठमाडौं फर्काइएको उनले बताए । सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो ।
काठमाडौँबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएपछि धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो । जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेको उनको भनाइ छ । विमानमा ७८ जना यात्रु सवार थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments