राष्ट्रपति निर्वाचनका झलकहरु

- फाल्गुन २५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
बिहान १० बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने र बिहिबार बेलुका नै राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक गर्ने अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधव कुमार नेपाल लगायतले मतदान गरिसकेका छन् । नेपालकोे राष्ट्रपति बन्ने प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले पनि मतदान गरेका छन् ।


आठ दलको समर्थन पाएका पौडेल प्रशन्न मुद्रामा छन् । उनी मतदान सुरु हुनुभन्दा करिब एक घण्टा अगाडि नै संसद भवन परिसरमा पुगेका थिए । पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘मतदानका लागि माननीयहरू आउन लाग्नु भएको छ ।

म उहाँहरूलाई नमस्कार गर्न चाँडै आएँ ।’ आफ्नो इतिहास र योगदानलाई मूल्याकंन गरेर राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सबै सदस्यहरुले आफूलाई मत हाल्ने उनले विश्वास व्यक्त गरे ।


पौडेलसँग विभिन्न सांसदहरुले फोटो खिचाइरहेका छन् । कतिपयले फूल दिएर अग्रिम बधाई दिइरहेका छन् ।


नेपालको राष्ट्रपतिको घोषणा बेलुका ७ बजेभित्र गर्ने तयारीमा निर्वाचन आयोग छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर