दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुँदै
- फाल्गुन २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन यही फागुन २६ र २७ गते काठमाडौँमा आयोजना हुने भएको छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नारा दिइएको सो सम्मेलन विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्ने भएको हो ।
अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाइ समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने उद्देश्य साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
दुई दिने सम्मेलनमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उद्योगको प्रवद्र्धन र सूचना प्रविधि क्षेत्रमा टेवा पुर्याउन अर्थतन्त्रका विभिन्न विषयवस्तुमाथि सम्मेलनमा छलफल हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments