•  १८ पुष २०८१, बिहीबार

सकियो राष्ट्रपति निर्वाचन -मतपेटिका खोल्दा पत्रकारको उपस्थितिमा खुल्ला गर्ने

- फाल्गुन २५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रपति चयनका लागि मतदान सकिए लगत्तै उम्मेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो । बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थितिमा खुल्ला गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने निर्णय बैठकमा भएको छ ।
संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुने छ भने मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछन् । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ ।
रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर