•  १८ पुष २०८१, बिहीबार

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

- फाल्गुन २५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौँ ।

नयाँ राष्ट्रपतिको निर्वाचनका लागि बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो ।
मतदानमा ३ सय १३ संघीय सांसद र ५सय १८ गरी ८सय ३१ जनाले मतदान गरे । संघीय संसदका ३ सय ३४ जनामध्ये ३ सय १३ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५सय ५० जनामध्ये ५ सय १८ जनाले मतदान गरेका छन् ।
तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । पूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता थिए । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर