•  १२ पुष २०८१, शुक्रबार

रुसको सीमा क्षेत्रमा युक्रेनी घुसपेठको ‘प्रतिउत्तरमा’ हाइपरसोनिक मिसाइल आक्रमण

- फाल्गुन २६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

रातको समयमा युक्रेनमा कम्तीमा ८० वटा क्षेप्यास्त्र प्रहार रुसले युक्रेन माथि गरेको छ । आक्रमणमा परेर ९ जनाको ज्यान गएको समाचार स्रोतहरुले जानकारी दिएका छन् ।
रुसी आक्रमणको जवाफी कार्वाहीमा युक्रेनी सेनाले ८० क्षेप्यास्त्र मध्ये ३४ वटा झारिदिएकोे छ । युक्रेनकी सांसद इना सोभसनले पछिल्लो आक्रमणले अब देशमा ‘‘बस्नका लागि सुरक्षित नरहेको’’ महसुस गराउने खेल भै रहेको बताएकी छिन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार आक्रमणमा ’हाइपरसोनिक’ मिसाइल प्रयोग गरिएको छ। टेलिग्राममा एक विज्ञप्ति जारी गर्दै रुसको रक्षा मन्त्रालयले ब्रियान्स्कस्थित सीमा क्षेत्रमा युक्रेनी घुसपेठको ‘प्रतिउत्तरमा’ हाइपरसोनिक मिसाइल आक्रमण गरिएको जनाएको छ।
तर उक्त दाबीलाई किएभले कडा शब्दमा खण्डन गर्दै आएको छ । पछिल्लो रुसी आक्रमणका कारण कैयौँ संवेदनशील पूर्वाधार अनि युक्रेनका विभिन्न क्षेत्रमा रहेका घरहरूमा क्षति पुगेको विवरणहरू प्राप्त भएको छ।

रुसले कब्जामा राखेको युक्रेनको जापोरिज्या परमाणु उर्जा केन्द्रमा हुनसक्ने सम्भावित विपत्बाट जोगाउन तत्काल कदम चाल्न माग गरे । रुसले आक्रमण थालेयता उक्त केन्द्रबाट छैठौँपटक पूर्ण रूपमा बिजुली आपूर्ति बन्द भएको थियो।
पछिल्लो आक्रमणका कारण कैयौँ स्थानमा विद्युतीय आपूर्ति अवरुद्ध भएको बताइएको छ।
राजधानी किएभमा भने केही बासिन्दा न्यानो बनाउने उपकरण बिनै बस्न बाध्य भएको र त्यहाँ पानीको आपूर्ति पुनः सुरु गर्नका लागि प्रयास गरी राखिएको बताइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर