•  १८ पुष २०८१, बिहीबार

नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपति मन्दिर र सुन्दरीजल जाँदै

- फाल्गुन २६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बिहान ९ बजे पशुपति मन्दिर दर्शन गर्न जाने कार्यक्रम छ । त्यहाँ उनले पूजापाठ गरेर प्रसाद ग्रहण गर्ने छन् । राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गौशाला प्रहरीले जनाएको छ ।
पशुपति दर्शनपछि राष्ट्रपति पौडेल शुक्रबार नै सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ । त्यसअघि बिहान ८ बजे पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।
पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति निर्वाचित भएलगत्तै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् । निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउँदैछ । त्यसपछि पद हस्तान्तरण प्रक्रिया सुरु हुनेछ ।

२८ फागुनमा राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुने भएकाले त्यसलाई ध्यानमा राखेर नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहणको मिति तय गरिने राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर