माओवादी नेताहरुले पत्रकार सम्मलेन गर्ने
- फाल्गुन २६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिए । उनका अनुसार अन्तर्क्रिरया शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग गर्ने निर्णय भएको छ ।
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलनमार्फत् भनिने बताए ।
अन्तर्क्रिरया पनि यही विषयमा केन्द्रित हुने उनको भनाइ छ । अन्तर्क्रिरयामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुनेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments