प्रहरीमा बेथिती
आफनो जागीरको आयु आफै लम्ब्याउने चलखेलमा लागे नेपाल प्रहरीका मुखिया सिंह
- फाल्गुन २६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आफनो जागीरको आयु आफै लम्ब्याउने चलखेलमा नेपाल प्रहरीका मुखिया प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह जोडदार तरिकाले लागेका छन् । जसका कारणले नेपाल प्रहरीले अहिले सम्म अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको फाइल अगाडी बढाउन नसकेको प्रहरी स्रोतले कासिन सँगको कुराकानीमा बतायो ।
प्रहरीको मुख्य स्रोतका अनुसार , एक–दुई दिनभित्रै बढुवा नभए डीआईजीबाटै भावी आईजीपी चयन गर्नुपर्ने परिस्थिति आउन सक्छ ।
प्रहरीमा ३० वर्षे सेवा अवधि, उमेर हद र पदावधिका गरेर तीन किसिमले अवकाश हुँदै आएको छ । यही प्रावधान कायम रहे वर्तमान प्रहरी प्रमुख सिंहले ११ चैतबाट अनिवार्य अवकाशमा जानुपर्छ । सिंहसहित उनका ब्याचीहरुलाई प्रहरी किताबखानाले अवकाशको पत्र समेत थमाइसकेको छ ।
तर, राष्ट्रपति निर्वाचन अघि बनेको नयाँ सत्ता समीकरणका बीच सिंहले सेवा अवधि हटाउने चलखेल थालेका कारण प्रहरीमा फेरी नयाँ खेलो सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सँग सत्ता गठवन्धनमा लगाम लगाएर कांग्रेस संग हातेमालो गरेसँगै आइजीपी सिंहले जागिर लम्ब्याउने खेलोमा तिब्रता दिन थालेको प्रहरी भित्र चर्चा चल्न थालेको छ ।
सिंह कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार भएका बेला प्रहरी महानिरीक्षक बनेका थिए । आफूभन्दा पहिले बढुवा भएका ब्याची विश्वराज पोखरेल र सहकुल थापालाई उछिनेर तेस्रो वरियताका सिंहलाई सरकारले महानिरीक्षक बनाएको थियो ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निकट सिंहले कांग्रेसको गठबन्धनमा प्रवेश सँगै आफनो जागीरको म्याद बढाउन लागी परेको पनि स्रोतले जानकारी दियो । जसको कारणले भावी महानिरीक्षक चयन गर्न एक महिना पनि बाँकी नरहेका बेला दरबन्दी खाली हुँदाहुँदै एआईजी बढुवा नहुनु भनेको प्रहरीमा बढेको बिकृति हो भन्छन् सुरक्षा सम्वन्ध जानकारहरु ।
यसअघि देउवा सरकारले भावी प्रहरी प्रमुख रुपमा सुदूरपश्चिमका अशोक सिंहलाई अघि सारेको थियो । प्रचण्ड नेतृत्वको एमाले समेत सहभागी सरकारमा पनि सिंहले राम्रो पकड बनाएका थिए । त्यसैले उनलाई प्रहरीको भावी प्रमुखका रुपमा हेरिएको थियो ।
तर, जन्ममिति विवाद सतहमा आएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले छानबिन थाल्दा उनले १० फागुनमा स्वेच्छिक अवकाश रोजेका थिए । अचानक अशोक सिंहले राजीनामा दिएसँगै प्रहरीमा भावी नेतृत्वको समीकरण बदलिएको हो ।
सिंहको राजीनामापछि भावी प्रहरी प्रमुखको दौडमा डीआईजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्याम ज्ञवाली, किरण बज्राचार्य लगायत छन् । ‘तर सिंह बाहिरिएपछि सरकारले महानिरीक्षकका लागि सहज पात्र देखेको जस्तो लाग्दैन’, गृह मन्त्रालय स्रोत भन्छ, ‘त्यही कारण हालकै आईजीपीलाई निरन्तरता दिने भन्ने छ ।’
प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउनुपर्ने पक्षमा सबैको मत छ । तर, अहिले एक जना व्यक्तिलाई लक्षित गरेर हटाउन लागिएको भन्दै हालका महानिरीक्षक बाहेक सो ब्याचका उच्च अधिकृतहरुले विरोध जनाइरहेका छन् । तर पनि सिंहले आफनो गतिलाई रोकेका छैनन् ।
प्रहरी उच्च स्रोत भन्छ ,‘कुनै व्यक्ति वा निश्चित ब्याचलाई मात्र फाइदा हुने गरेर निर्णय भए ठूलो जमातका अधिकृतमा चरम निराशा छाउने, अनुशासन र भातृत्व भावमा पनि असर पुग्नसक्छ ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments