जसपालाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय भैसकेको छैन् – कांग्रेस उपसभापति खड्का
- फाल्गुन २६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
ललितपुर ।
शुक्रबार ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले जनता समाजवादी पार्टी जसपालाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय भै नसकेको बताएका छन् यस्तो बताएका हुन् । यसबारे अब छिटै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने पनि बताए ।
उनले भने, ‘दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ। जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ।’
दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएपनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताए ।
‘नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर गएका थियौँ । तत्कालीन गठबन्धनको बहुमत पुग्नेगरी मत परिणाम पनि आयो । उनले भने, ‘दुर्भाग्यवश पुस १० गते एजेण्डाहरुमा सहमत भएका दलहरु पदको कारणले, मैले भन्नुपर्छ, गठबन्धन भत्कियो । त्यसै दिनदेखि पनि हामीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद हुँदै गयो । र अन्ततोगत्वा यो परिस्थिति बन्यो ।’
उनले भने, ‘अब उनले कुन सन्दर्भमा कसरी त्यो कुरा राख्नुभएको छ । उहाँको कुरा हो । तर कांग्रेस माओवादीसहितको दलहरु हामी पुस १० गते भत्किएको कुरालाई फेरि कमजोरी र गल्ती स्वीकार्दै एजेण्डामा सहमति भएका दलहरु यी एजेण्डामा टसमस नभएर ५ वर्ष अघि बढ्छौँ। कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ला, होला भन्ने कसैले नसोचे हुन्छ। त्यो सपनामा मात्रै सम्भव छ।’
उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको विस्तार हुने बताए । उनले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार बिस्तार हुने बताए । उनले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र कांग्रेस पनि सरकारमा सहभागी हुने बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments