उपराष्ट्रपति पदको उम्मेदवार महिलालाई बनाउनुपर्ने पक्षमा माओवादी केन्द्र छ – महासचिव गुरुङ
- फाल्गुन २६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले यो भन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुन सक्ने भनी विज्ञप्ति निकाले सँगै नेकपा माओवादी केन्द्र महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको छ ।
माओवादी केन्द्रले पुरुष राष्ट्रपति भएकाले महिला उपराष्ट्रपति हुँदा राम्रो हुने बताए पनि सत्ता साझेदार दलहरुको साझा धारणा भने आएको छैन ।
राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष गराउने अभ्यास गर्दै आएका छौं । अभ्यासलाई फलो गर्दा राम्रो हुन्छ’ माओवादी केन्द्रका महासचिव देव गुरुङले भने ।
महासचिव गुरुङले उपराष्ट्रपति कसले लिने भनेर गठबन्धनमा रहेका दलहरुका बीचमा औपचारिक सहमति समेत नभएको बताएका छन् । ‘जसपाले पनि उपराष्ट्रपतिमा आफ्नो मागदाबी प्रस्तुत गरेको छ’, गुरुङले भने ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments