गण्डकी दुग्ध विकास बोर्डको उपाध्यक्षमा पूर्व सांसद महत
- फाल्गुन २६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
पोखरा ।
गण्डकी दुग्ध विकास बोर्डको उपाध्यक्षमा पूर्व सांसद तिलक महत नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीको प्रस्तावमा ११ फागुनको मन्त्रिपरिषद बैठकले तिलबहादुर महत क्षेत्री (तिलक महत)लाई उपाध्यक्ष नियुक्त गरेको हो ।
नवलपुरबाट प्रतिनिधि सभा सदस्य भइसकेका महत मुख्यमन्त्री अधिकारीको राजनीतिक सल्लाहकार हुन लविङमा थिए । राष्ट्रपति निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएर अधिकारी नेतृत्वको सरकार पनि संकटमा परेको छ । त्यसैले अधिकारीले पूर्व सांसद महतलाई ४ वर्षे कार्यकाल रहने दुग्ध विकास बोर्डको उपाध्यक्ष नियुक्त गरेका हुन् । बोर्डको उपाध्यक्ष प्रदेश सरकारको सहायक मन्त्रीसरह हुने व्यवस्था छ । तर काम, कर्तव्य र अधिकार केके हुने प्रष्ट छैन ।
उपाध्यक्षको पारिश्रमिक तथा अन्य सुविधा प्रदेशका सहायक मन्त्रीसरह हुने भनिएको छ । तर उपाध्यक्षको काम, कर्तव्य र अधिकारबारे भने ऐनले प्रष्ट केही बोलेको छैन ।
०७५ साउन ३० गते प्रमाणीकरण भएको ऐनमासम्बन्धित मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले बोर्डको उपाध्यक्ष निर्णय गर्ने र कार्यकाल ४ वर्षको हुने ऐनले उल्लेख गरेको छ । कृषि क्षेत्रमा कम्तिमा दश वर्ष काम गरेको वा नीति निर्माणमा कम्तिमा ४ वर्षको अनुभव भएको व्यक्ति उपाध्यक्ष हुन सक्ने व्यवस्था छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments