जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झाको नाम अघि सार्यो

- फाल्गुन २६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै ममता झाको नाम अघि सारेको छ । सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् ।
उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर