नयाँ राष्ट्रपति पौडेलको शपथ ग्रहण सोमबार (फागुन २९) गते -पूर्व राष्ट्रपति भण्डारी निजी निवासमा सर्दै

- फाल्गुन २८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । त्यसैले भण्डारीले शीतलनिवास छाड्नुपर्ने भएको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार बाट सकिंदैछ ।
शीतलनिवासबाट बूढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । उनी २९ गते निजी निवासमा सर्ने तयारीमा छिन् ।


भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् ।
नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सोमबार (फागुन २९) गते हुँदैछ । प्रधानन्यायाधीश पद हाल रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर