विश्वकप लिग–२
ओडिआई सिरिजमा नेपालले युएईविरुद्धको खेलमा सुरुवातमै दुवै ओपनरलाई गुमायो

- फाल्गुन २८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध सुरुवातमै दुवै ओपनरलाई गुमाएको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै १६ रन बनाएको छ ।

नेपालका कप्तान रोहित पौडेल र कुशल मल्ल ८ रनमा क्रिजमा छन् । चोभार एण्डबाट आएका स्पिनर आर्यन लाक्राले दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखलाई शून्यमा बोल्ड गरे ।

अघिल्लो खेलमा पिएनजीविरुद्ध १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका आसिफ युएईविरुद्ध भने पाँच बल खेल्दा खाता खोल्न सकेनन् । कुशल मल्ल तेस्रो ओभरको तेस्रो बलमा युएईका खेलाडीको तालमेल नमिल्दा रन आउट हुनबाट बचेका थिए ।

पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ८ रनमा एलबीडब्लू आउट भए । स्पिनर आयन खानको बलमा स्विप खेल्ने धुनमा मिस हुँदा कुशल एलबीडब्लू आउट भएका थिए । नेपाललाई पछिल्लो खेलमा दुई ओपनरले पिएनजीविरुद्ध पहिलो विकेटका लागि १ सय १० रनको सानदार शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । तर युएईले सुरुवात देखिनै दुवै बायाँ हाते अर्थोड्रक्स स्पिनरलाई लगाउँदै नेपाललाई केहि दबाबमा राख्न खोजेको छ ।

नेपाल यस खेलमा विजयी हुँदा दुई खेल अगाडिनै आगमी चार वर्षको लागि ओडिआई मान्यता बचाउने पक्का हुनेछ । नेपालले आजको खेलमा ज्ञानेन्द्र र करणलाई बेन्चमा राखेको छ । ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएकोछ ।

ज्ञानेन्द्रको पछिल्लो समय प्रदर्शन राम्रो छैन । त्यसको कारण गुलशन झाई मौका दिएको छ । करणको स्थानमा ललितलाई मौका दिएको छ । टोलीमा अन्य भने परिवर्तन गरेको छैन । स्पिनर सहयोगी पिच हुँदा ललितलाई मौका दिएको हो ।

युएईले रिजवानलाई बेन्चमा राख्दै अश्वन्त वल्थापालाई डेब्यू दिएको छ । २१ वर्षीय बायाँ हाते विकेटकिपर वल्थापाले यू–१९ क्रिकेट युएईबाट खेलेका छन् । युएईले कप्तानबाट हटाएको दुई खेलपछि रिजवानलाई बेन्चमा राखेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर