उजुरीको विषयमा जवाफ दिन यादव निर्वाचन अधिकृतको कार्यालयमा

- फाल्गुन २८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
चितवन ।

उपराष्ट्रपतिमा उम्मेदवारी दिएका रामसहाय प्रसाद यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका थिए । उजुरीको विषयमा जवाफ दिन यादव निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।
जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । उम्मेदवारलाई आइतबार उम्मदवारी फिर्ताको मौका दिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते निर्वाचन गर्ने कार्यतालिका छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर