कप्तान पौडेलको ओडिआई सिरिजमा युएईविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार
- फाल्गुन २८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध कठिन समयमा महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।
रोहितले ८३ बलमा ७ चौकासहित अर्धशतक पूरा गरेका हुन् । रोहितले आफ्नो ओडिआई करिअरको आठौं अर्धशतक प्रहार गरेका हुन् । रोहित ८५ बलमा ७ चौकासहित ५५ रनमा क्रिजमा छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ । आरिफ शेख १६ औं रनमा क्रिजमा छन् ।
भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए । एक समय २२–३ को खराब सुरुवात गरेको नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । तर मुस्तफाको २२ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका भीम लङअनमा कार्तिक मपाप्पनबाट क्याच आउट भएपछि साझेदारी तोडिएको छ ।
भीमले त्यसअघिको दुई बलमा लगातार दुई चौका हानेका थिए । तेस्रो बाउन्ड्री धुनमा विकेट गुमाए ।पावर प्लेमा नेपालले तीन विकेट गुमाएपछि नेपालले दबाबमा परेको थियो । चोभार एण्डबाट आएका स्पिनर आर्यन लाक्राले दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखलाई शून्यमा बोल्ड गरे । अघिल्लो खेलमा पिएनजीविरुद्ध १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका आसिफ युएईविरुद्ध भने पाँच बल खेल्दा खाता खोल्न सकेनन् ।
पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ८ रनमा एलबीडब्लू आउट भए । स्पिनर आयन अफ्जल खानको बलमा स्विप खेल्ने धुनमा मिस हुँदा कुशल एलबीडब्लू आउट भएका थिए । नेपाललाई पछिल्लो खेलमा दुई ओपनरले पिएनजीविरुद्ध पहिलो विकेटका लागि १ सय १० रनको सानदार शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए ।
तर युएईले सुरुवात देखिनै दुवै बायाँ हाते अर्थोड्रक्स स्पिनरलाई लगाउँदै नेपाललाई दबाबमा राख्यो । अर्थोड्रक्स स्पिन नेपाली ब्याटरको कमजोरी हो ।
तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ठूलो सट खेलेका कुशल मल्ल टप एज लागेर मिडअनमा मोहम्मद वासिमबाट ९ रनमा क्याच आउट भए । १५ बल खेलेका उनले २ चौका प्रहार गरे । जुनैद र जहुर खानले लगातार राम्रो बलिङ गर्दै नेपाललाई दबाबमा राखेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments