केन्द्रीय सर्भरमा समस्या आएपछि देशभरका स्वास्थ्य बीमाका सर्भर बन्द
- फाल्गुन २८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका छन् । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको हो । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ ।
स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी शम्भु प्रसाद ज्ञवालीले बिहानैबाट सर्भरमा समस्या आएको बताए । ‘गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) (केन्द्रीय सर्भर)मा समस्या आएपछि देशभरका स्वास्थ्य बीमाका सर्भर चलेका छैनन्,’ ज्ञवालीले भने, ‘सर्भर नचल्दा बिमितले पाउने सेवामा समस्या हुने नै भयो ।’
प्राविधिकहरु काममा खटिइसकेको केही समयमा समस्या समाधान हुने ज्ञवालीले बताए । ‘केही हप्तादेखि नै सर्भरमा पटक–पटक समस्या आइरहेको छ । के कारणले यस्तो भइरहेको हामीले कारण खोजिरहेका छौं,’ उनले थपे ।
स्वास्थ्य बीमाको काम शनिबार बन्द हुने भएकाले अस्पतालहरुमा विहानैदेखि सेवाग्राहीको भीड बढिरहेको छ । अस्पतालहरुले सर्भरमा समस्या आएको भन्दै बिमित बिरामीलाई फर्काइरहेका छन् । जसले गर्दा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन् ।पछिल्लो समय स्वास्थ्य बीमाको सेवा गुणस्तरीय नभएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments