पूर्व कम्युनिष्ट पार्टी नेता ली छ्याङ बने चीनको प्रधानमन्त्री
- फाल्गुन २८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
चीनको प्रधानमन्त्रीमा ली छ्याङ नियुक्त भएका छन् । राष्ट्रपति सी जीनपिङ निकट ६३ वर्षीय छ्याङलाई संसदका २९ सय ४७ मध्ये २९ सय ३६ जनाले मतदान गरेका थिए । ८ जना अनुपस्थित थिए ।
उनी व्यवहारिक नेताका रूपमा परिचित छन्। उनले अब चीनको अर्थतन्त्रलाई सम्हाल्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीका रूपमा लीलाई नियुक्त गर्दै सीले आफ्ना समर्थकबाहेक अन्यलाई उच्च पदमा स्थान नरहेको प्रस्ट पारेको विश्लेषकहरूको मत छ।उनी राष्ट्रपति सीका नजिकका सहयोगी हुन् र उनलाई व्यवहारवादी नेताका रूपमा हेर्ने गरिन्छ।
ली सीप्रति बफादार भएर नै यो जिम्मेवारी पाउन लागेकामा कुनै सन्देह छैन। सीले हामफाल भनेमा उनले उचाइ सोध्ने समार्थ्य राख्छन्। ली स्मार्ट छन् उनी असल सञ्चालक हुन्’, युरोपियन युनियन च्याम्बर अफ कमर्स चीनका अध्यक्ष जर्ज उत्के भन्छन्। जर्जले सन् १९९० देखि चीनमा व्यापार गर्दै आएका छन्। चिनिँया कम्युनिस्ट पार्टीका धेरै नेताहरूसँग संगत गर्दै आएका छन्।
टेस्लाको उत्पादन उद्योग चीनमा भित्र्याउने श्रेय ली छ्याङलाई जान्छ। अमेरिका बाहिर टेस्लाको पहिलो उद्योग चीनमा स्थापना भएको थियो। सन् २०१९ मा लीले सांघाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खुला क्षेत्र बन्ने घोषणा गरेका थिए। ‘सांघाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खुला क्षेत्र बन्नेछ। यसले चीनलाई आर्थिक भुमण्डलीकरणको युगमा नयाँ स्वरूपमा लानेछ’, उनले भनेका थिए।
अब उनले संर्घषपूर्ण बनेको चीनको अर्थतन्त्रलाई पुनर्जीवित पार्ने जिम्मेवारी पाउनेछन्। चीनको ’रबरस्ट्याम्प’ संसद्को बैठकमा मतदान हुँदा कुनै पनि पत्रकारलाई उक्त कक्षमा प्रवेश गर्न दिइएन। राष्ट्रपति सीले मतदान गर्दा ताली बजेको थियो।
ली अब चीनको राजनीतिक प्रणालीमा दोस्रो उच्च दर्जाका अधिकारी हुनेछन् । उनले कुल २,९३६ मत प्राप्त गरे।
केवल तीन जना प्रतिनिधिहरूले उनको नियुक्तिको विपक्षमा मतदान गरे भने आठजना अनुपस्थित भएका थिए।
त्यसपछि उनले चीनको संविधानप्रति वफादार रहने र “समृद्ध, बलियो, प्रजातान्त्रिक, सभ्य, मेलमिलाप र महान् आधुनिक समाजवादी देश निर्माण गर्न कडा मेहनत गर्ने“ शपथ लिए।
ली सन् २००० प्रारम्भमा राष्ट्रपति सीका प्रमुख कर्मचारी थिए। त्यसबेला सी सी जेजियाङ प्रान्तको पार्टी प्रमुख थिए। ली सन् २०१७ मा साङ्घाइको पार्टी सचिव बने।
चीनको आर्थिक राजधानी भनिने साङ्घाइको प्रमुख रहेका उनले यसअघि उक्त सहरमा भएको दुई महिने कडा लकडाउनको नेतृत्व गरेका थिए। त्यहाँ मानिसहरूले खाना र औषधीको अभावसँग सङ्घर्ष गर्नुपरेको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments