अर्थ /कारोबार
खुद्रामा उपभोक्ता मूल्यवृद्धि कायमै रहँदा थोकमा भने केही सुधार
- फाल्गुन २८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइतबार आर्थिक वर्षको ७ महिनाको वित्तीय तथ्यांक सार्वजनिक गर्दै नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको ७ महिनामा उपभोक्तामा मूल्यवृद्धि कायमै रहेको र थोक बजारमा भने केही सुधार आएको बताएको छ ।
बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको माघ महिनामा उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो । केन्द्रीय बैंकको विवरणअनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६.१९ प्रतिशत रहेको छ भने गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत छ । गत वर्ष यस अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.९३ प्रतिशत र गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ६.४९ प्रतिशत थियो ।
यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गतको समूहको मूल्य सूचकांक १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको केन्द्रीय बैंकले जनाएको छ ।
२०७८ माघ महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ६.९१ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फीति थियो ।
खुद्रामा उपभोक्ता मूल्यवृद्धि कायमै रहँदा थोकमा भने केही राहत देखिएको छ । राष्ट्र बैंकको विवरणअनुसार गतवर्ष माघमा १०.३४ प्रतिशत रहेको मुद्रास्फीति यस वर्ष घटेर ९.६७ प्रतिशतमा झरेको छ । समीक्षा महिनामा उपभोग्य वस्तु ३.४९ प्रतिशत, मध्यवर्ती वस्तु १४.०२ प्रतिशत र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ५.४४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.०७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments