उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायम

- फाल्गुन २८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका छन् । जसमा शनिबार उम्मेदवारी दिएका चारैजना अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव, प्रमिला कुमारी र ममता झाको नाम समावेश छ ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध शनिबार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए । तर आयोगले आइतबार विहानै यादवको उम्मेदवारी पनि कायम रहने निर्णय गरिसकेको थियो ।
निर्वाचन आयोगले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने निर्णय गरे पनि जसपाले आफ्नो पार्टीका दुबै उम्मेदवार कायम राखेको छ । जसपाले २५ फागुनमा नै रामसहाय उपराष्ट्रपतिको उम्मेदवार तोकेको थियो ।
निर्वाचन आयोगले रामसहायको उम्मेदवारी सदर गरे पनि अदालतमा मुद्दा पर्न सक्ने आशंकाले अन्तिमसम्म दुबै उम्मेदवार कायम राख्ने जसपाको एक नेता बताउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर