छोटो समयमै परिपक्व व्यवहार देखाएका कारण बर्तौलालाई एमालेको सचेतकको जिम्मेवारी

- फाल्गुन २८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मकवानपुर २ बाट निर्वाचित महेश बर्तौला छोटो समयमै तुलनात्मक रुपमा आफूलाई अग्र स्थानमा राख्न सफल थिए । ३९ वर्षीय बर्तौला संघीय संसदमा नयाँ अनुहार हुन्, उनी आइतवार नेकपा एमालेको सचेतकमा चयन भएका छन् । ‘नयाँ भएर पनि छोटो समयमै परिपक्व व्यवहार देखाएका कारण’ बर्तौलालाई सचेतकको जिम्मेवारी दिइएको एमाले नेताहरु बताउँछन् ।
पार्टीले पनि बर्तौलालाई यसबीचमा बिभिन्न जिम्मेवारी दिएको थियो ।

उनले नेकपा एमालेबाट प्रतिनिधि सभा नियमावली मस्यौदा समिति सदस्य भएर काम गरे । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङको प्रतिनिधि भएर राष्ट्रपतिको निर्वाचन प्रक्रियामा भूमिका निवार्ह गरे । एमालेबाटै उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्यको पनि प्रतिनिधि हुन् बर्तौला ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर