सन् २०४६ को प्रणय दिवसको दिन क्षुद्रग्रह पृथ्वीमा ठोकिन सक्ने बैज्ञानिकहरुको अनुमान
- फाल्गुन २९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
ओलिम्पिक्स खेलमा प्रयोग हुने पौडी पोखरी जत्रो आकारको चट्टानी टुक्रा क्षुद्रग्रह पृथ्वीमा ठोकिने सक्ने अनुमान बैज्ञानिकहरुले गर्न थालेका छन् । अब ठिक २३ वर्ष पछि अर्थात सन् २०४६ को प्रणय दिवसका दिन यो पृथ्वीमा आइपुग्ने नासाको पूर्वानुमान छ । २३ वर्ष पछि फेब्रुअरी १४ का दिन प्रणय दिवस मनाउने दिन नै यसले पृथ्वीमा अवतरण गर्ने अनुमान नासाको छ ।
नयाँ पत्ता लागेको उक्त एस्टेरोइड अर्थात् क्षुद्रग्रहले अबको २३ वर्षपछि पृथ्वीमा प्रभाव पार्ने सम्भावना न्यून रहेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ।
नासाका अनुसार उक्त क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिकको दूरीबाट १८ लाख किलोमिटर टाढा छ। अनुसन्धानकर्ताले यसबारे थप तथ्याङ्क सङ्कलन गरिरहेका छन्। विस्तृत विवरणपछि अहिले गरिएको प्रक्षेपण परिवर्तन पनि हुनसक्छ।
पृथ्वीमा पर्न सक्ने प्रभाव
नासाले उक्त क्षुद्रग्रहलाई ‘२०२३ डीडब्लू’ नाम दिएको छ र यसले पृथ्वीमा क्षति पु¥याउने सम्भावना ५६० मा एक रहेको जनाएको छ । पृथ्वीलाई असर गर्ने सूचीमा नासाले राखेका अन्तरिक्ष चट्टानहरू मध्ये यो एक नम्बरमा छ ।
शून्य देखि १० सम्म सूचीकृत गरिएका अन्तरिक्ष वस्तुहरू पृथ्वीमा ठोकिने जोखिम हुन्छ । शून्यमा सूचीकृत गरिएका अन्य वस्तुहरूको जोखिम शून्य हुन्छ।
एक नम्बरमा सूचीकृत भनेको पृथ्वीमा ठोकिने सम्भावना निकै कम रहेको र आम चिन्ताको विषय नभएको नासाको जेट प्रोपल्सन ल्याबोरेटरीले जनाएको छ।
“यो वस्तु खासै चिन्ता लिनुपर्ने किसिमको होइन,” उक्त ल्याबोरेटरीका एक जना इन्जिनियरले सीएनएन समाचारलाई बतायो ।
यदि यो क्षुद्रग्रह पृथ्वीमा बज्रिए पनि छ करोड ६० लाख वर्षअघि पृथ्वीबाट डाइनसोर लोप गराउने जस्तो प्रभाव नहुने बताइएको छ।
अहिलेको गल्फ अब मेक्सिको भनिने स्थानमा एउटाभन्दा बढी क्षुद्रग्रह बज्रिँदा पृथ्वीबाट डाइनसोर लोप भएको थियो। उक्त क्षुद्रग्रह १२ किलोमिटर चौडा रहेको साइन्टिफिक अमेरिकनले अनुमान गरेको छ।
त्यसले २०० किलोमिटर चौडा खाडल बनाएको र त्यस क्रममा ठूलो भूकम्प र सुनामी मात्र हैन विश्वभरि आगोको ज्वालायुक्त आँधी फैलिएको बताइन्छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments