शपथ ग्रहण
सेनाको २१ तोपको सलामी सँगै नव – निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शीतलनिवासमा प्रवेश
- फाल्गुन २९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलको सोमबार दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ । बोहोराटारस्थित निजी निवासबाट शीतलनिवास सर्ने भएका छन् । सोमबार देखी उनी शीतलनिवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेलको शपथग्रहण समारोहबाटै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुनेछ ।
शपथ ग्रहण र बिदाइ समारोहमा एक हजार पाँच सयभन्दा बढी पाहुनाहरुलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नयाँ राष्ट्रपति पौडेल शीतलनिवासमा प्रवेश गरेलगत्तै नेपाली सेनाको टोलीले उनको स्वागतमा २१ तोपको सलामी दिनेछ । त्यसपछि शपथग्रहण समारोह सुरु हुनेछ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउनेछन् ।
त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई राष्ट्रपति पदको आसन सुम्पिने र बधाई दिनेछिन् । अन्य विशिष्ट व्यक्तित्व र पाहुनाहरुले पनि बधाई दिनेछन् । त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट बिदाइ गरिनेछ । वर्तमान राष्ट्रपतिको स्वागतमा जस्तै निवर्तमान राष्ट्रपतिलाई पनि बिदाइमा २१ तोपकै सलामी दिइने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
उनलाई ससम्मान निवाससम्म लगेर छाडिने राष्ट्रपति कार्यालयका प्रवक्ता आचार्यले जानकारी दिए ।
यसअघि उनले बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने भनिए पनि घरको मर्मत नसकिएकोले छोरीको घरमा सर्न लागेकी हुन् । २०७२ को भूकम्पले क्षति पुगेको बूढानीलकण्ठको घर मर्मत कार्य फागुन २० गतेभित्रै सक्ने भनिए पनि सकिएको छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments