विश्वकप लिग–२
ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सन्दिप लामिछानेले लिए सेसे बाउको विकेट
- फाल्गुन २९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सेसे बाउको विकेट लिएका छन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले १४ ओभरमा ३ विकेट गुमाउँदै ४९ रन बनाएको छ । पिएनजीका कप्तान असद भाला १० र उनलाई साथ दिन चाल्र्स अमिनीले दिने भएका छन् ।
नेपाललाई तेस्रो सफलता सन्दीपले दिलाएका छन् । सन्दीपले १४ औं ओभरको अन्तिम बलमा सेसे बाउलाई १८ रनमा बोल्ड आउट गरे । २८ बल खेलेका बाउले ३ चौका प्रहार गरे । सन्दीपले आफ्नो स्पेलको पहिलो ओभरमै विकेट लिएका थिए ।
नेपाललाई बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले चौथो ओभरको चौथो बलमा ओपनर किप्लिङ डोरिगालाई दुई रनमा बोल्ड गरे । लगातार डट बलको कारण दबाबमा परेका उनले ठूलो सट खेल्ने धुनमा मिस भएपछि अफ साइडको स्टम्पमा बल लाग्दै बोल्ड भएका थिए ।
उनले १६ बल खेलेका थिए । डोरिगा राम्रो लयमा छन् । पछिल्लो खेलमा युएईविरुद्ध डोरिगाले ५५ रनको इनिङ खेलेका थिए । त्यस्तै हिरि हिरि सोमपाल कामीको बलमा १४ रनमा क्याच आउट भए । उनले २२ बलमा २ चौका प्रहार गरे ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् । अन्य परिवर्तन भने छैन । नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितका साथ सोझै विश्वकप छनोट खेल्ने अवसर देखि एक जित टाढा पुग्न चाहन्छ ।
नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । नेपालले अव बाँकी दुई खेल जितेमा ४० अंकका साथ शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पाउँछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments