मौलिक पटकथा र निर्देशक सहित सात विधामा धुम मचाउँदै ’एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ ले जित्यो ओस्कार अर्वाड (अवार्ड सूची)
- फाल्गुन २९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विश्व मनोरञ्जनको क्षेत्रमा ख्याति कमाएको ओस्कार अर्वाड को ९५ औं संस्करणमा यसपाली ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । अवार्ड समारोहमा मौलिक पटकथा र निर्देशक सहित सात विधामा यो चलचित्रले पुरस्कार जित्यो ।
‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ एक चिनियाँ–अमेरिकी लाउन्ड्री व्यवसायको मालिकले उसको लेखापरीक्षकसँग गर्ने संघर्षको कथावस्तु पेश गर्छ । यो विजय इन्डी स्टुडियो ए–ट्वान्टी फोरको लागि ऐतिहासिक विजय हो, जसले फिल्मको कमाइलाई १सय मिलियन डलरसम्म पु¥यायो । आर्टहाउस फिल्मको बजार खुम्चिएको बेला यो आश्चर्यजनक उपलब्धि हो ।
‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’बाट अभिनेत्री मिसेल योह ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्री बन्ने दोस्रो गैरश्वेत अभिनेत्री घोषित भइन् । साथै, यो विधा जित्ने पहिलो एसियाली अभिनेत्री । यो सम्मान उनलाई मार्सल आर्ट र ‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता एक्सन फिल्मको लामो करिअरपछि प्राप्त भयो ।
अवार्ड ग्रहण गर्दै मिसेलले भनिन्, ‘महिला साथीहरु तपाईंहरुले कहिल्यै नभन्नुस् कि मेरो महत्वपूर्ण समय पूरा भयो । आज राति हेरिरहेका म जस्तै देखिने सबै साना केटा र केटीहरूका लागि यो आशा र सम्भावनाको किरण हो’ उनले थपिन् ।
अवार्ड सूची
सर्वश्रेष्ठ फिल्म – एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स
सर्वश्रेष्ठ अभिनेत्री – मिसेल योह (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
सर्वश्रेष्ठ अभिनेता – ब्रेन्डन फ्रेजर (द व्हेल)
सर्वश्रेष्ठ निर्देशक – ड्यानियल क्वान, ड्यानियल शिनर्ट (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
सर्वश्रेष्ठ सम्पादन – पल रोजर्स ((एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
सर्वश्रेष्ठ मौलिक गीत – नाटू नाटू (आरआरआर)
सर्वश्रेष्ठ ध्वनी – टपगन माभेरिक
सर्वश्रेष्ठ एडप्टेड स्क्रिन प्ले – वुमन टकिङ (सारा पोली)
सर्वश्रेष्ठ मौलिक पटकथा – ड्यानियल क्वान र ड्यानियल स्किनर्ट (एभ्रिथिङ एभ्रिह्वेयरअल एट वन्स)
सर्वश्रेष्ठ भिजुअल इफेक्ट – अवतार द वे अफ वाटर
सर्वश्रेष्ठ ओरजिनल स्कोर – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ प्रोडक्सन डिजाइन – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट फिल्म – द एलिफेन्ट विह्स्पर्स
सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट (जर्मनी)
सर्वश्रेष्ठ कस्ट्युम डिजाइन – ब्ल्याक प्यान्थर वाकाण्डा फरेभर
सर्वश्रेष्ठ मेकअप एण्ड हेयरस्टाइलिङ – द ह्वेल
सर्वश्रेष्ठ डकुमेन्ट्री फिचर फिल्म – नाभाल्नी
सर्वश्रेष्ठ सहायक अभिनेत्री – के ह्यु क्वान (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
सर्वश्रेष्ठ एनिमेटेड फिचर फिल्म – गुइलेमो डेल टोराको पिनोचियो
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments