जेलमा बस्दा दूध पुर्याएर सहयोग गरेका सापकोटा बाजेलाई राष्ट्रपति पौडेलले बोलाए शपथग्रहण समारोहमा
- फाल्गुन २९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँगै जेलमा बसेकाहरुलाई शपथग्रहण समारोहमा बोलाएका छन् । इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा र डिल प्रसाद सापकोटालाई पौडेलले आफ्नो शपथग्रहण समारोहमा बोलाएका हुन् ।
सापकोटा बाजे भनेर चिनिने डिलप्रसादले पौडेल बागलुङ जेलमा बस्दा दूध पुर्याएर सहयोग गरेका थिए । बागलुङमा बस्दै आएका डिलप्रसादलाई पनि पौडेलले शपथ ग्रहण समारोहमा सहभागी हुन भन्दै काठमाडौं बोलाएको उनको सचिवालयले जनाएको छ ।
यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले आज दिउँसो एक बजे शीतल निवासमा शपथग्रहण गर्दैछन् । शपथग्रहण समारोहमा विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायत करिब १ हजार ५ सय जनालाई निम्तो दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments