यथाशीघ्र निर्वाचन कार्यतालिका सार्वजनिक नगरे आमरण अनशन बस्ने – बिधार्थी नेता जोशी

- फाल्गुन २९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नजिकिँदै जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
जसको कारणले अहिले बिधार्थी नेताहरुले रनभुल्लमा परेका छन् । देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भए पनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको हो ।
यसरी निर्वाचन प्रक्रियालाई अगाडी नबढाईने हो भने बिधार्थी नेताहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । (स्ववियु) निर्वाचनका सम्वन्धमा कुरा गर्दै त्रिचन्द्र क्याम्पसका बिधार्थी नेता एनपी जोशीले भने यदी त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले यर्थाशिघ्र निर्वाचन गराएन भने आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी संगठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर