म्यान्मारको सेनाद्धारा बौद्ध मन्दिरमा रहेका २८ जना सशस्त्र विरोधी समूहको हत्या
- फाल्गुन ३०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
म्यान्मारको सेनाले दक्षिणी श्यान राज्यको एउटा बौद्ध मन्दिरमा रहेका २८ जना भन्दा बढिको हत्या गरेको म्यान्मारको विद्रोही समूहले जनाएको छ । सेनाले शनिवार नान नेङ गाउँमा गोलाबारी गरेको करेन्नी न्याशनालिटिज् डिफेन्स फोर्स (केएनडीएफ) ले बताएको छ।
म्यान्मारमा दुई वर्षअघि सेनाले कूद्वारा सत्ता कब्जा गरेपछि सेना र सशस्त्र विरोधी समूहहरूबीच हमलाहरु हुँदै गएको छ। राजधानी नेपिडो र थाइल्यान्डको सिमाना बीचमा रहेको उक्त क्षेत्रमा सबैभन्दा भीषण लडाइँ भएको छ।
शनिवार म्यान्मारको समयअनुसार अपरान्ह ४ बजे गोलाबारी गर्दै उक्त गाउँमा प्रवेश गरेका वायुसेना र सैनिकहरूले एउटा बौद्ध मन्दिरभित्र लुकेका गाउँलेको हत्या गरेको केएनडीएफले बताएको छ।
केएनडीएफका तर्फबाट जारी गरिएको एउटा भिडिओमा कम्तीमा २१ वटा शवहरू देखाइएको छ। त्यसमध्ये तीनवटा शवहरू बौद्ध भिक्षुले लगाउने सुन्तला रङका चिबर पोसाकमा रहेका र बौद्ध मन्दिर अगाडि थुप्रिएको अवस्थामा देखिएका छन्।
सैन्य सरकारविरुद्ध लडाइँमा सामेल भएका धेरैवटा जातीय विद्रोही सेनामध्ये केएनडीएफ पनि एउटा हो। बौद्ध मन्दिरको भित्तामा पनि गोली लागेका प्वालहरू देखीएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments