१५ करोड रुपैयाँको विवादमा कौशिकको हत्या भएको खुलासा

- फाल्गुन ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

व्यापारी विकास मालुकी दोस्रो श्रीमतीले १५ करोड रुपैयाँको विवादमा सतिश कौशिकको हत्या गरेको भन्दै श्रीमान माथि गम्भीर आरोप लगाएपछि दिल्ली प्रहरीले उक्त आरोपबारे अनुसन्धान थालेको छ ।
दिल्ली पुलिसले एक समाचार एजेन्सीलाई दिएको बयानमा यस्तो लेखिएको छः “अभिनेता सतीश कौशिकको मृत्युको मामिलामा, एउटी महिला (एक विकास मालुकी पत्नी) द्वारा लगाएको गलत खेलको आरोपमा अनुसन्धान सुरु गरिएको छ।
दक्षिण पश्चिम जिल्लाका एकजना इन्स्पेक्टर तहका अधिकारीलाई सम्पूर्ण घटनाको छानबिन गर्न भनिएको छ । महिलालाई उनको बयान रेकर्ड गर्न पुलिसले बोलाइनेछ। उजुरीकर्ताले सतिश कौशिक र विकास मालुबीच व्यापारिक सम्बन्ध रहेको र उनीहरुबीच आर्थिक विवाद भएको पनि आरोप लगाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर