एन्फामा नेम्वाङको दादागिरी
फिफा कंग्रेसमा भाग लिन गएका उपाध्यक्ष शाहीलाई त्रिभुवन बिमानस्थलबाट फर्काइयो

- फाल्गुन ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली फुटवलको केन्द्रिय संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) बिवादको घेरामा जाकिदै गएको छ । कहिले टिकट काण्ड त कहिले फिफा कंग्रेसमा भाग लिन जाने कुराको बिवाद ।
कुरा हो यही मार्च १६ तारिखका दिन रुवान्डामा हुन् लागेको फिफा कंग्रेसमा सहभागी हुन जाने सम्वन्धको । यही सम्मेलनमा सहभागी हुन् एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ सहित महासचिव किरण राई र उपाध्यक्ष बिराट जंग शाही जाने कुरा पहिला देखी नै चलेर विदेश सयरको लागि टिकटको इन्तजाम पनि भै सकेको थियो ।
फिफा कंग्रेसमा सहभागी हुन् १३ मार्च दिन तीन जनाको टोलीले टर्किस एयरको हवाइ टिकट समेत काटेको थियो । आते जाते दुबै टिकट काटेको तीन जनाको टोलीमा एक्कासी ट्वीस उत्पन्न भयो जब उपाध्यक्ष शाही भ्रमणको लागि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुगे । त्यति बेला उपाध्यक्ष शाहीलाई थाहा भएन कि उनको नाम भ्रमण टोलीको सदस्यबाट हटाई सकेको रहेछ भनेर ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उपाध्यक्ष शाहीले एन्फा अध्यक्ष नेम्वाङले भ्रमण टोलीबाट आफूलाई थाहा नै नदिई हटाएर आफनो घोर अपमान गरेको आरोप लगाएका छन् ।
उपाध्यक्ष शाहीले आफ्नो नाममा टिकट र भिसा पनि आएको तथा फिफा प्रतिनिधिको तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको बताउँदै उनले घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गएको जानकारी गराए ।
‘चेकिङ काउन्टरमा गएपछि थाहा पाए मेरो नाम त हटाइसकिएको रहेछ । हटाउनु थियो भने पनि कमसेकम मलाई जानकारी गराएको भए यस किसिमको अपमानित हुनुपर्ने थिएन । घरबाट बिदाबारी भएर गइसकेको व्यक्तिले घरमा गएर के भन्ने?,’ उनले प्रश्न गरे ।
‘करिब ४० वर्ष इमान्दारीपूर्वक फुटबलमा गरेको योगदान र तपाईलाई अध्यक्ष बनाउन गरेको महत्वपूर्ण सहयोग गरेको बापत आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनुपर्यो । त्यसको लागि एन्फा अध्यक्ष ज्यूलाई धेरै धेरै धन्यवाद,’ उपाध्यक्ष बिराट जंग शाहीले एक विज्ञप्तिमार्फत जनाएका छन ।

फिफा कंग्रेसमा नाम राखिसके पछि पनि आफूले एन्फामा भएका अवैधानिक कार्यहरु र आर्थिक अनियमितताको विषयमा विभिन्न बैठकमा समर्थन नगरेपछि आफ्नो नाम हटाइएको भनी आफूलाई गर्व लागेको समेत शाहीले विज्ञप्तिमा उल्लेख गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर