वीरले पाँच जना स्टाफ नर्सलाई प्रक्रिया पुराएर सेवाबाट हटायो

- फाल्गुन ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

वीर अस्पतालले अस्पताल प्रशासनलाई जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि पाँच जना स्टाफ नर्सलाई प्रक्रिया पु¥याएर सेवाबाट हटाइएको हो ।
पाँचै जनाको नाममा ३० दिने सूचना समेत अस्पतालले जारी गरेको थियो । सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् ।
अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते, श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर