कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक बिदा

- फाल्गुन ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
कैलाली ।

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार खखडेहरा पर्वका अवसरमा फागुन ३० गते कैलाली र कञ्चनपुर जिल्लामा बिदा दिने निर्णय भएको छ।
यो पर्वमा २ जिल्लामा बिदा दिने निर्णय फागुन २८ को मन्त्रिपरिषद बैठकबाट भएको थियो। २०७९ को बिदासम्बन्धी सूचनामा खखडेहरा पर्वमा चैत १ मा बिदा दिने कायम रहेकोमा उक्त सूचना सच्याउँदै फागुन ३० मा बिदा दिने निर्णय भएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर