स्ववियु निर्वाचन
विद्यार्थीहरुले लगाएको ताला प्रहरीले फोड्न थाल्यो
- फाल्गुन ३०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
चितवन ।
जिल्ला प्रशासन कार्यालय चितवनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कलेजहरुमा विद्यार्थीहरुले लगाएको ताला फोड्ने निर्देशन दिएको सँगै बिहान प्रहरीले ताला फोडेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार प्रहरीले मंगलबार बिहानै चितवनका विभिन्न ११ कलेजमा लगाएको ताला फोडेको हो ।
जिल्लामा त्रिविका १४ कलेजमा स्ववियुको निर्वाचन हुँदैछ ।भरतपुरका ठुला कलेजहरू सप्तगण्डकी कलेज, वीरेन्द्र भरतपुरमा लगाएको ताला फुटाइदिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकपछि प्रशासनले सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेसम्म ताला खोल्न समय दिएको थियो ।
तोकिएको समयभित्र लगाएको ताला नखोलेपछि प्रहरीले बिहानै सबै कलेजको ताला फुटाएको प्रवक्ता पण्डितले जानकारी दिए ।
चितवन प्रशासनले सम्पूर्ण क्याम्पस व्यवस्थापनहरुलाई तोकिएकै मिति चैत ५ गते नै स्ववियु निर्वाचन गर्ने गरी त्यसअघिका विभिन्न क्रियाकलाप र गतिविधिहरुको संक्षिप्त प्रक्रिया अवलम्बन गरि निर्वाचन गर्न भनेको छ ।
ताला प्रहरीले तोडेपछि विभिन्न विद्यार्थी संगठनहरुले उम्मेदवारको मनोनयन गर्ने तयारी गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments