पूर्णतया कमेडी र ड्रामाको समिश्रण रहेको ओस्कार बिजेता ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’

- फाल्गुन ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

यस वर्षको ओस्कार अर्वाडमा सात विधामा आफनो दबदबा कायम गरेको ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ अहिले चर्चाको चलचित्र बन्न पुगेको छ । हार्टहाउस फिल्मको यो चर्चाले अहिले विश्व फिल्मको बजारमा राम्रै हंगामा कायम गरेको छ ।
पूर्णतया कमेडी र ड्रामाको समिश्रण रहेके यो चलचित्रलाई ड्यानियल क्वान र ड्यानियल शिइनर्टले लेखन तथा निर्देशन गरेका हुन् ।
चलचित्र एउटा चिनियाँ–अमेरिकी आप्रवासी महिला पात्रको कथामा आधारित रहेर निर्माण गरिएको छ । जसले अप्रवासी चिनियाँ महिला एभलिन वाङलाई केन्द्रित गरेको छ । चिनियाँ अप्रवासी महिला जो आयकरमा लेखापरीक्षणको कामले निरास भएकी हुन्छिन् ।


यतिबेला उनलाई लाग्छ, बहुविश्वलाई नष्ट गर्न आफूले समानान्तर ब्रह्माण्ड सिर्जना गरेर तीसँग आफूलाई जोड्नुपर्छ ।
उक्त लेखापरीक्षण सेवाकी इन्सपेक्टर डेइरेड्रे ब्युबेड्रेसँगको भेटमा एभिलिन र उनको परिवार अल्फाभर्स र मल्टिभर्सजस्ता समानान्तरण ब्रह्माण्डमा अघि बढ्छन् । प्रत्येक युनिभर्समा उनीहरुको चुनौती, क्षमता र दृष्टिकोण भिन्न भिन्न हुन्छ । सबै विधालाई एकै ठाउँमा राखेर फिल्म बनाउँदा कतिपय दर्शकलाई बुझ्न कठिन पनि लाग्न सक्छ तर दर्शकलाई फिल्मले मज्जाले होल्ड गर्न सक्छ ।
चिनियाँ आप्रवासी महिला एक साहसिक कार्यमा फसेकी छिन्, जसमा उनी एक्लै अन्य ब्रह्माण्डलाई अन्वेषण गरेर र आफूले नेतृत्व गरेको जीवनसँग जोडेर अस्तित्व बचाउन सक्छिन् ।
अभिनेत्री मिसेल योहले एभलिनको भूमिकामा अभिनय गरेकी छन् । यो भूमिकाको लागि उनलाई सर्वश्रेष्ठ अभिनेत्रीको ओस्कार मिल्यो । न्युयोर्क टाइम्सले यो फिल्मलाई ‘विधाको घुमाउरो अराजकता’को संज्ञा दिंदै अतिवास्तविक कमेडी, विज्ञान कथा, काल्पनिक, मार्शल आर्ट फिल्म र एनिमेसनका तत्वको खिचडी गरिएको लेखेको छ ।
एभलिन क्वान वाङ मध्यम उमेरकी एक चिनियाँ अमेरिकी आप्रवासी हुन् जसले आफ्नो पति वेमन्डसँग लिमेर लुन्ड्रोम्याट (लुगा धुने पसल) चलाउँछिन् । दुई दशकअघि उनीहरु अमेरिका पुगे र उनीहरुकी एक छोरी पनि छिन् । आन्तरिक राजस्व सेवा (आईआरएस)ले लुन्ड्रोम्याटको लेखा परीक्षण गरिरहेको छ ।
समग्रमा फिल्म समीक्षकले यसलाई सकारात्मक समीक्षा दिएका छन् । रटन टोम्याटोजले कुल ३८२ समीक्षामध्ये फिल्मलाई ९५ प्रतिशत सकारात्मक रेटिङ दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर