म न धरौटी राख्न सक्छु, न सर्वोच्च अदालतमा जाने हैसियतमा छु > पूर्वमन्त्री न्यौपाने

- फाल्गुन ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री बद्री न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको र त्यस्तै फैसला भएको बताए । उनले आफनो राजनीति सिध्याउन यस्तो खेल भएको पनि बताए ।
उनलाई भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा ९ वर्ष ६ महिनाको सजाय सुनाईएको छ ।
समाज कल्याण परिषदले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भएपनि आफूले फूल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको बताए ।
एक लाख ७५ हजार (भ्याटसहित२ लाख २ हजार ४००) रहेको भाडालाई ५ लाख ५५ हजारको सम्झौता गर्ने निर्णय गरेको भन्दै उनले अघि भने, ‘५ वर्षमुनि कसैलाई टिकट लाग्दैन, ६० वर्षभन्दा माथि लाग्दैन । १० बजेदेखि ५ बजेसम्म खुल्छ । त्यसलाई इच्छुमती तरकारी बजारसँग (भएको सम्झौता) दाँजेर ममाथि लान्छना लगाइयो ।’
भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा ९ वर्ष ६ महिनाको सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन प्रयास भइरहेको बताएका छन् ।
भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको, तर आफूलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख बढी जरिवाना र त्यति नै बिगो भराउने निर्णय गर्नु पूर्वाही भएको उनले बताए ।
विशेष अदालतको फैसला पूर्वाग्रही भएपनि आफू पुनरावेदनमा जान सक्ने अवस्थामा नरहेको उनले बताए । पुनरावेदन गर्न जरिवाना र कैद बराबर दिनको ३ सय रुपैयाँ धरौटी राख्नुपर्ने भन्दै उनले भने, ‘मसँगै जग्गा छैन, बैंक ब्यालेन्स छैन र भाइको घरमा शरणार्थी बसेको छु । म न धरौटी राख्न सक्छु, न सर्वोच्च अदालतमा जाने हैसियतमा छु ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर