सत्तामा रहेको पार्टीले आतङ्ककारी क्रियाकलाप गरिरहेको छ – एमाले अध्यक्ष ओली

- फाल्गुन ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार हननको विषय उठाउँदा माओवादीले खिया लागेको हतियारको धम्की दिने गरेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित मानव अधिकारसम्बन्धी कार्यक्रममा बोल्दै पूर्वप्रधनामन्त्रीसमेत रहेका अध्यक्ष ओलीले माओवादीले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका विषयमा कुरा उठाउँदा बन्दुकको धम्की दिएको आरोप लगाएका हुन्।
‘नेपालको राजनीतिको एउटा पक्ष यस्तो छ, जसले मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्। तर्साउँछन्। हाम्रा खुकुरीमा खिया लागेका छैनन्। हाम्रा बन्दुकमा खिया लागेको छैन। हाम्रो बन्दुकको कार्तुस ओसिएको छैन, चल्छ अहिले पनि भन्छन्। हाम्रा हात पाखुरा लाठी चलाउन सक्ने छन् भन्छन्। खुट्टा याद राख्नु भन्छन्,’ अध्यक्ष ओलीले सत्तामा रहेको पार्टीले आतङ्ककारी क्रियाकलाप गरिरहेको आरोप लगाए।

‘बन्दुक खिएको छैन भनेको के? सत्तामा हुने अर्कोतिर आतङ्ककारी क्रियाकलाप पनि गर्ने? यस स्थितिलाई फेर्न हामीसँग मानव अधिकारको पक्षमा काम गर्ने मानव अधिकार आयोग छ। यस देशमा मानव अधिकारको पक्षमा चाहे पनि नचाहे पनि उसको कुरा मिल्छ,’ उनले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर