राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोरीन नपाउने व्यवस्था गर्नु पर्छ – कांग्रेस महामन्त्री शर्मा
- फाल्गुन ३०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने बताएका छन् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ।
नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरू भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहो¥याएर शपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाईसकेको हुने स्मरण समेत गराए।
महामन्त्री शर्माले भने, ‘राजनीतिमा रूपान्तरण भन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस्। दुई पटक प्रधानमन्त्रीको शपथग्रहण गरोस्। ३ पटक मन्त्री हुँदै गर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस्। ४ पटकसम्म सांसद बनोस्। पाँचौं पटक उसले आर्थिक रूपान्तरणको काममा हात हालोस्।’
उनले भ्यूटावर बनाउने कुरा, एकै पटक धेरै अन्तराष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे। महामन्त्री शर्माले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरूको छनौट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरूरी रहेको पनि बताए।
‘हामीले त्यसलाई एउटा राष्ट्रिय रूपमा एउटा उत्पादनको दशक, उत्पादन अभिवृद्धि गराउने, निर्माणको एउटा दशक बनाउने काममा तीव्रता दिने काममा लाग्न सके यसले राजनीतिक रूपमा पनि आकर्षण गराउँछ। हाम्रो अहिलेको पुस्ताले बोक्नै नसक्ने रेलमार्गलगायतका प्रोजेक्टहरू बोकेर जाने कुराले वितृष्णा मात्रै जगाउँछ,’उनले भने।
महामन्त्री शर्माले राजनीति जनताको आर्थिक रूपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पारे।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments