एसएमएस मार्फत भोट माग्न व्यस्त उपराष्ट्रपति पदका उम्मेदवार यादव
- फाल्गुन ३०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका उम्मेदवार रहेका जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव एसएमएस गर्दै भोट माग्न व्यस्त छन्।
निर्वाचन आयोगले मंगलबार राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाइने समय तोकेको छ।
प्रचारप्रसार गर्न पाइने अन्तिम दिन आज यादव एसएमएस गर्दै सांसदहरूसँग मत मागिरहेका छन् । उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले मतदान गर्न पाउँछन्।
‘मैले सबै माननीयज्यूहरूलाई फोन र एसएमएस गरेको छु। संभव भएसम्म भेट पनि गरेको छु,’ यादवले भने, ’मलाई उहाँहरूको सहयोग रहन्छ भन्ने अपेक्षा छ।’
यादवले सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments