कांग्रेसबाट कोइराला, डा.महत, कार्की र राणाको अर्थमन्त्रीमा दावी

- फाल्गुन ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचन लगत्तै हुने मन्त्रिपरिषद बिस्तारमा तयारी सँगै सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसमा मन्त्री हुनको लागि नेताहरुको लहड लाग्न थालेको छ । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र असहमत भएपछि एमाले सरकारबाट बाहिरीए सँगै अहिले मन्त्री बन्नेहरुको होडबाजी चल्न थालेको छ । उपराष्ट्रपति निर्वाचन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र सरकारलाई पूर्णता दिने तयारीमा रहेका छन् ।
अहिलेसम्म कुन दलले कुनकुन मन्त्रालय लिने भनेर औपचारिक रुपमा छलफल सुरु भएको छैन । तर अर्थ मन्त्रालय कांग्रेसले पाउने निश्चितजस्तै छ । प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्न चाहेकाले अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्ने नेताहरु बताउँछन् । कांग्रेसबाट अर्थमा जान नेताहरुको दौडधुप चर्को छ । महामन्त्री गगनकुमार थापा अर्थमन्त्रीका आंकाक्षी मानिएका छन ।
महामन्त्री थापा आफैं पनि अर्थतन्त्रसँग जोडिएको छलफलहरुमा सहभागी भइरहेका छन् । तर उनले सार्वजनिक रुपमै मन्त्री नहुने घोषणा गरेका कारण उनको सम्भावना सकिएको छ । आफू मन्त्री होइन महामन्त्री भएको भन्दै उनले आइतबार एक कार्यक्रममा भने, ‘पाँच वर्षको लागि पाएको जिम्मेवारी सांसदको हो । न म अहिले मन्त्री बन्ने हो, न म अहिले बन्न मिल्छ ।’
कांग्रेस नेताहरुका अनुसार अब अर्थमन्त्रीको दौडमा प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता उदय शमशेर राणा छन् ।
पूर्व अर्थमन्त्री कार्कीले अर्थ मन्त्रालयमा आफ्नो दाबीबारे केही बोलेका छैनन् । तर उनले पार्टी नेतृत्वसँग निरन्तर लबिइङ गर्दै आएका छन् । पूर्व अर्थराज्यमन्त्री राणा पनि अर्थमन्त्रीमा आफ्नो दाबी रहेको बताउँछन् । ‘पूर्वअर्थराज्यमन्त्री भएकाले स्वभाविक रुपमा अर्थमन्त्रीमा दाबी रहन्छ ।
कांग्रेस वृत्तमा नेता डा. शेखर कोइराला पनि मन्त्रीको आकांक्षी रहेको कतिपयले चर्चा गर्छन् । डा. शेखरले पनि बुधबार वर्तमान अर्थतन्त्रको सन्दर्भमा अन्तरक्रिया राखेको थिए । तर उनी निकट नेताहरु भने सरकारमा जाने वा नजाने, गए कुन मन्त्रालय लिने भन्ने कुनै छलफल भएको छैन । ‘अन्तर्राष्ट्रिय क्षेत्रलाई विश्वासमा लिनसक्ने अर्थमन्त्री चाहिन्छ’, भन्ने एकपक्ष छ । देशभित्रका नागरिकमा आशा जगाउने पनि अर्थमन्त्री चाहिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर