गठबन्धनमा गडबड
उपराष्ट्रपति पदले ल्याएको किचलो -के जसपाको दावीलाई जनमतले स्वीकार गर्छ त ?

- चैत्र १, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अहिले राष्ट्रिय राजनीतिको दोस्रो मुद्दा भनेको उपराष्ट्रपतिको निर्वाचन भएको छ । राष्ट्रपति पदमा रामचन्द्र पौडेल निर्वाचित भएसँगै उपराष्ट्रपतिको लागि निर्वाचन मिती यही चैत ३ गतेको लागि तय भएको छ ।
उपराष्ट्रपति पदको लागि अहिले सबैभन्दा उत्साहित र पाउनै पर्ने मान्यता राख्दै आएको दल भनेको जनता समाजवादी पार्टी (जसपा) रहेको छ । उक्त दलबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमीलाकुमारी यादवले आफ्नै दलका उम्मेदवार राम सहाय प्रसाद यादवलाई समर्थन गरे सँगै अहिले राम सहाय केही बलिया देखीएका छन् ।
सत्ता गठबन्धन दल सँगका पूर्ववत केही सम्झौता अनुरुप उपराष्ट्रपति पदमा आफनो दलको दावी रहेको जसपाले पहिला देखी नै बताउँदै आएको थियो भने त्यही अनुरुप राम सहायलाई अगाडी पनि सारेको छ ।
तर सत्ता गठबन्धनमा सामेल भएको अर्को दल जनमत पार्टीले पनि उपराष्ट्रपति पदमा आफनो दलको दावी गरिरहेको छ । जसको लागि जनमतले ममता झा लाई अगाडी सारेको छ ।


जनमत पार्टीका अध्यक्ष सीके राउतले समय अझैँ बाँकी रहेको र कुरा मिल्नेमा आफू आशावादी रहेको बताउँदै आएका छन् ।

तर पहिला नै राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय भएको हुँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको पनि सुनिएको छ ।
जनमतका अध्यक्ष राउत भने त्यसमा आफूहरू नरहेको र केही दल बसेर गर्ने निर्णयलाई गठबन्धनको तर्फबाट स्वामित्व लिन नसकिने दाबी गरे। सत्ता पक्षीय गठबन्धनमा जसपा तेस्रो ठूलो दल हो। त्यसैले उसको दाबी स्वाभाविक रहेको कतिपय बताउँछन्।
तर जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको बताउँदै प्रतिनिधिसभामा जसपा भन्दा आकारमा ठूलो रहेको तर्क गरेको छ।
उम्मेदवारी दिने जनमत पार्टी र उसलाई समर्थन गरेका लोसपा र नागरिक उन्मुक्ति पार्टीतर्फ संकेत जसपा एक नेता भन्छन् , यो सम्झौता पहिला नै भै सकेको छ । गठबन्धनमा पनि बस्ने र आफू खुसी उम्मेदवारी दिने कुरा मान्य नहुने जसपाका नेताहरु बताउँछन् ।

उता सत्ता पक्षीय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू जसपाको उम्मेदवारको प्रस्तावक र समर्थक नै बसेका छन् । त्यस्तो अवस्थामा जनमत पार्टीकी उम्मेदवार पराजित हुने निश्चित जस्तो देखिन्छ।
त्यस्तो अवस्थामा त गठबन्धन भत्किएला नि? अध्यक्ष राउतको जवाफ थियो, “गठबन्धनमा हामी निर्णय सुन्नका निम्ति मात्रै त होइनौँ नि। छलफल भएर निर्णय हुनुप¥यो।”
त्यस बेलाको गठबन्धनले आफ्नो दललाई उपराष्ट्रपति दिने निर्णय गरेको तर अहिले जनमत पार्टी लगायतले ’टन्टा’ गरिरहेको जसपा आरोप लगाउँछ ।
आगामी दिनमा गठबन्धनभित्र आउन सक्ने खटपट र सम्भावित नयाँ समीकरणलाई त्यसले प्रेरित गर्ने वा टेवा पु¥याउन सक्ने ठानिन्छ । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर