कलिवुड नायीका
वर्षाको वैवाहिक सम्वन्धमा बार लाग्यो

- चैत्र १, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बलिवुडमा देखीने सुनिने नायक नायीकाहरुको वैवाहिक सम्वन्धको रोगले अहिले कलिवुडमा पनि असर पार्न थालेको छ । अहिले नेपाली नायीकाहरुको वैवाहिक सम्वन्धमा बार लाग्न थालेको छ ।
जसको पछिल्लो उदाहरण बनेकी छिन् अभिनेत्री वर्षा सिवाकोटी । दश महिना अगाडी मात्र वैवाहिक जीवनमा प्रवेश गरेकी सिवाकोटी एक वर्षको पनि वैवाहिक यात्रा तय गर्न नसक्दै आफना श्रीमान बाट अलग भएकी खबरले नेपाली चलचित्र क्षेत्र कलिवुडलाई तताएको छ ।
अभिनेत्री सिवाकोटीका श्रीमान आशिष गेलालले अर्की युवतीसंग विवाह गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएसंगै वर्षाको वैवाहिक सम्बन्ध टुंगिएको खबर बाहिरिएको हो ।

गत वैशाख ९ गते अभिनेत्री सिवाकोटीले अमेरिकामा रहँदै आएका इन्जिनियर गेलालसँग विवाह गरेकी थिइन । आशिष र वर्षाबीच मागी विवाह भएको थियो । परिवारबाट कुरा चलेपछि वर्षाले आशिषसँग विवाह गरेकी थिइन् । विवाह गरेको केही दिन पोखरामा हनिमुन मनाएर आशिष अमेरिका हानिए । त्यसको केही दिनपछि वर्षा पनि अमेरिका पुगिन् ।
तर, अमेरिका गएको २ महिनामै वर्षा नेपाल फर्किइन् । उनी नेपाल फर्किएसँगै आशिष र उनको सम्बन्धमा दरार आएको खबर सार्वजनिक भएको थियो । तर, यो विषयमा वर्षाले अहिलेसम्म केही पनि बोलेकी छैनन् ।
अहिले आशिषले झापाकी एक युवतीसंग विवाह गरेको भन्दै तस्विर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर