युइएफए लिग
इटालियन क्लब इन्टर मिलान १२ वर्षपछि क्वाटरफाइनल प्रवेश
- चैत्र १, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इटालियन क्लब इन्टर मिलान सन् २०११ पछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । १२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टाेलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल भयो । सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।
पोर्टाेमा मंगलबार राति भएको खेलको इन्ज्युरी समयमा मेहदी तारेमीको प्रहार पोस्ट र क्रसबारमा लागेर फर्कदा पोर्टाे बराबरीबाट चुकेको थियो । त्यसपछि ब्राजिली विंगर पेपेलाई रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टाेको खेलमा फर्कने सम्भावना पनि टाढियो ।
पोर्टाेलाई बराबरीमा रोक्न इन्टरका गोलरक्षक आन्द्रे ओनानाले पनि उत्कृष्ट प्रदर्शन गरे । पोर्चुगिज लिगमा दोस्रो स्थानमा रहेको पोर्टाे रियल म्याड्रिडबाट तीन पटक च्याम्पियन्स लिग विजेता ४० वर्षीय पोर्चुगिज डिफेन्डर पेपे र मिडफिल्डर ओटाभियोविना मैदान उत्रिदा उनीहरुको अभाव खड्किन पुग्यो । पेपे चोटका कारण तथा ओटाभियो प्रतिबन्धका कारण टोलीमा थिएनन् ।
घरेलु टोली पोर्टाेले पहिलो हाफमा बढी अवसर सिर्जना गरेको थियो । गोलरक्षक ओनानाले ओनानाले मेहेदी तारेमी, इभानिल्सन, युरिवे र स्टीफन युस्टाक्वियोको प्रयासलाई विफल पार्दै इन्टरलाई खेलमा कायम राखे ।
यता, इन्टरले पनि पोर्टाेविरुद्ध केही अवसर बनाएको थियो । फेडेरिको डिमार्को, डेन्जेल डम्फ्रिज, एडिन जेको र रोमेलु लुकाकुले पाएको अवसरलाई सदुपयोग गर्न सकेन । इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा पोर्टाेका पेपे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
इन्टर सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । यसपटक इन्टरले तिनै पोर्टाेलाई प्रि–क्वाटरफाइनबाटै पन्छाउन सफल भयो ।
अब क्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी छ । रियल म्याड्रिड र लिभरपुल तथा नेपोली र आइनट्राख्ट फ्रान्कफुटमध्येबाट दुई टोली क्वाटरफाइनलमा पुग्नेछ । पहिलो लेगमा रियल लिभरपुलविरुद्ध ५–२ ले तथा आइनट्राख्टविरुद्ध नेपोली २–० ले अघि छ ।
इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने तेस्रो टोली बन्न सक्नेछ । यसअघि बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वाटरफाइनलम पुगिसकेको छ । क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments