समाजसेवा कुनै जात, धर्म, भाषा, लिङ्ग, राजनितिक आस्था हेरिदैन- कांगेस नेता कार्की
- चैत्र १, २०७९ मा प्रकाशित
कासिन न्यूज,
सोलुखुम्बु ।
मानव जीवन सँग गाँसीएको सबैभन्दा माथिल्लो कुरा के हो भन्दा सबैको मुखमा झुण्डिएको हुन्छ त्यो हो समाजसेवा यो सधैं दल र जाति माथि रहेको हुन्छ भन्छन् , नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य, नेपाली कांग्रेसका नेता एवं समाजसेवी प्रकाश सिंह कार्की ।
सोलुखुम्बुको नेचासल्यान ३ मा रहेको क्रियटिम सोसियल युथ क्लवको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै समाजसेवी एवं कांग्रेस नेता कार्कीले भने समाज रुपान्तरण भएमात्र सिंगो मुलुक रुपान्तरित हुन्छ । त्यसैले समाज सेवामा कुनै जात, धर्म, भाषा, लिङ्ग, राजनितिक आस्था हेर्न नहुनेमा कार्कीले जोड दिएका थिए ।
कार्यक्रममा बोल्ने क्रममा क्रियटिमले सिफारिस गरेको एक छात्रा र १ छात्र गरि २ जनालाई आउँदो वर्षदेखी उच्च शिक्षा सम्मको अध्ययनको लागि लागि छात्रबृद्धि प्रदान गर्ने पनि कार्कीले बताए ।
नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले सामाजिक संघ संस्थाहरुले समाज रुपान्तरणका लागि अघि सारेको योजनामा स्थानीय सरकारको साथ रहेको बताउँदै , उपाध्यक्ष राईले भनिन, मुलुक परिवर्तनको आधारशिला भनेकै समाज भएकाले समाजको रुपान्तरणको लक्ष्यलाई सफल बनाउन हरेक नागरिकदेखि सामाजिक संघ संस्था तथा स्थानीय तहको भुमिका उत्तिकै महत्पुर्ण हुनेछ ।
स्वर्गीय पुष्पलाल बास्तोलाको स्मृतिमा उनका छोराहरू कांग्रेसका युवा नेता दिनराज बास्तोला र कुमार बास्तोलाले सहयोग स्वरुप उपलब्ध गराएको जग्गामा क्लबको भवन निर्माण गरिएको हो ।
कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष शम्भु घिमिरेले गरेका प्रमुख अतिथिको रुपमा कार्की रहेका थिए । कार्यक्रममा नेचासल्यान ३ का वडाध्यक्ष सीताराम भट्टराई, गाउँ कार्यपालिका सदस्य जयन्ता अधिकारी, कांग्रेस नेचासल्यान गाउँ कार्य समितिका पूर्ब सभापति निरकुमार शर्मा, उपसभापति घनश्याम बास्तोला, युवा नेता दिनराज बास्तोला, सहिद नरनाथ आवि, नेपाली कांग्रेस ३ नम्बर वडा सभापति होमप्रसाद बास्तोला, माओवादी केन्द्रका युबराज कट्टेल लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments