•  २५ पुष २०८१, बिहीबार

समिट एयरका पाइलट र को–पाइलट निलम्बनमा

- चैत्र १, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नागरिक उड्डयन प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै मंगलबार समिट एयरका पाइलट र को–पाइलटलाई निलम्बन गरेको छ ।
प्राधिकरण उच्च स्रोतका अनुसार अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको छ।
भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ। अगाडिको दृश्य देखिँदैन। त्यसले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ। पोखरा–जोमसोम रुटमा तारा र समिट एयरले उडान गर्दै आइरहेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर