•  २५ पुष २०८१, बिहीबार

डब्लूएचओले ९२ शय्याको फिल्ड अस्पताल सशस्त्र प्रहरी बलको लागि निर्माण गरिदियो

- चैत्र १, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आर्थिक र प्राविधिक सहयोगमा निर्मित ९२ शय्याको फिल्ड अस्पताल सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको छ । डब्लूएचओले दक्षिण एसियामै पहिलो पटक नेपालमा निर्माण गरेको जानकारी दिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
अस्पतालका संरचना पीभीसीबाट निर्मित हुन् । खासगरी भूकम्प, महामारी, अन्य विपत्तिलगायत आपतकालीन अवस्थामा बढी प्रयोग हुने बताइएको छ । ५ वटा ठूला र २ वटा साना संरचना बलम्बुस्थित एपीएफ अस्पताल परिसरभित्र निर्माण भएका हुन् ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलमार्फत डब्लूएचओका दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले हस्तान्तरण गरेका हुन् । त्यसपछि सचिव पोखरेलले अस्पताल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गरेका हुन् । यसमध्ये ७२ वटा शय्या जनरल वार्डमा रहनेछन् । १४ वटा सघन उपचार कक्ष र ६ वटा ट्रिएज बेड राखिएका छन् ।
डब्लूएचओका दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशक सिंहले दक्षिण पूर्वी एशिया क्षेत्रमा नै पहिलो पटक संचालन हुन लागेको यो अस्पतालले गम्भीर प्रकृतिको स्वासप्रस्वासका संक्रामक रोगहरुको उपचारमा सेवा प्रदान गर्न आवश्यक दक्ष जनशक्ति तथा भौतिक पूर्वाधारहरु पूर्वतयारी अवस्थामा राख्ने र सामान्य अवस्थामा समेत दक्ष उपचार सेवा प्रदान गर्ने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्राकृतिक बिपत्ति महामारी व्यवस्थापनमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आइरहेको जिम्मेवारीहरुलाई थप प्रभावकारी बनाउन यसले अझै टेवा पुग्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर