अर्थ /कारोबार
बुधबार पनि मंगलबारकै दररेटमा सुनको कारोबार हुँदै

- चैत्र १, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बुधबार नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ। बुधबार पनि मंगलबारकै दररेटमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ।
मंगलबार पनि छापावाल र तेजाबी सुन बुधबार कायम भएकै दररेटमा किनबेच भएको थियो। मंगलबार भने सुनको मूल्य तोलामा १ हजार ६सय रुपैयाँले बढेको थियो। बुधबार चाँदीको मूल्य पनि मंगलबारको जस्तै प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर